जापानमा नेपालीहरुको वर्तमान अवस्था

करिव १२२ बर्ष पहिले सन् १९०२ अप्रिल महिनामा नेपाली ८ जना बिद्यार्थीहरु १७ जना सेवकहरु सहित जापान प्रस्थान गरी जुन १७ मा पानीजहाज मार्फत योकोहामा शहर उत्रेका थिए। यो नै नेपालीको जापानमा पहिलो पाइला थियो। यसरी शुरु भएको नेपालीको जापान प्रवेश आजका दिन (२०२३ जुन ३०) सम्म आइपुग्दा संख्यागत रुपमा १५६,३३३ जना पुगेको छ।जापानमा रहेका बिदेशीहरु (३,२२३,८५८ जना) मध्ये यो संख्या छैटौं नम्बरमा पर्दछ। जापानमा बिदेशीहरुलाई गतिबिधि गर्न अथवा बसोबास गर्न इमिग्रेशन ब्युरो द्वारा बिभिन्न २९ प्रकारका भिसा (在留資格) जारी गरिएको छ। नेपालीहरु मुख्यत: जापानमा बसोबास गरिरहेको भिसा र नेपाल बाट जानको लागि के कस्तो छ ? छोटकरीमा चर्चा गरौँ।

१) डिपेण्डेण्ट भिसा (家族滞在) :- जापानमा सबै भन्दा धेरै ४५,९८७ जना यो भिसामा छन्।अनुमति प्राप्त भिसाको प्रकार रहेकाहरुको श्रीमान/श्रीमती वा छोरा/छोरी यो भिसामा जापान बसोबास गरिरहेका छन्। कानुनि रुपमा हप्ताको २८ घण्टा काम गर्ने अनुमती लिन सकिन्छ।

२) स्टुडेण्ट भिसा (留学) :- बिद्यार्थी भिसामा ४५,०९५ जना जापानमा अध्ययन गरिरहेका छन्। नेपालमा बिभिन्न जापानिज भाषाका कन्सल्टेन्सीहरु मार्फत जापानिज भाषा स्कुलहरु (日本語学校) मा अध्ययन गर्न जानेहरु पनि यसमा नै पर्दछन। स्कुल शुल्क (学費) होस्टल शुल्क (寮費) र अन्य गरी १५ लाख रुपयाँ भन्दा बढी लागत लाग्ने गरेको सुनिंदै आएको छ।हप्तामा २८ घण्टा काम गर्ने अनुमती प्राप्त गर्न सकिन्छ।

३) प्रविधि/मानविकी/अन्तर्राष्ट्रिय मामिलाहरू (技術・人文知識・国際業務) :- यो मुलत: स्टुडेण्ट बाट वर्किङ्गमा चेन्ज गर्ने भनेर सुनिंदै आएको भिसाको प्रकार हो। ३१,०४३ जना नेपालीहरु यो भिसामा रही जापानमा काम गर्दै आएका छन्। सामान्यतया ३ महिना पछि आफ्नो डिपेण्डेटमा लान सकिन्छ भन्ने मान्यता राखिन्छ। निश्चित तलवमा काम गरिन्छ, हप्तामा २८ घण्टा भन्ने सिमितता छैन। नेपाल बाट प्रत्यक्ष रुपमा पनि यो भिसामा जापान जानेको संख्या बढेको देखिन्छ। नेपालमा स्नातक(Bachelor) गरेको अनि जापानिज भाषाको आधारभूत ज्ञान लिई ५-१५ लाख खर्चमा जापान गएकाहरु भेटियो।

४) कुक भिसा (技能) :- यसलाई बोलीचालीको भाषामा कुक भिसा भनिएको हो। जापानमा नेपाली अथवा इण्डियन रेस्टुरेण्टहरुमा यो भिसामा काम गर्नेको संख्या १४,०४० जना छ। डिपेण्डेण्टमा लान पाइने यसको राम्रो पक्ष भए पनि कतिपय रेस्टुरेन्टहरुमा कामको समय लामो भएको न्युनतम तलब नपाएको जस्ता गुनासोहरु बेला बखत सुनिंदै आएको छ। साथै नेपाल बाट जाने लागत पनि १०-१५ लाख लागेको भन्ने सुनिन्छ।

५) स्थायी बासिन्दा (永住者) :- जापानमा रहेका नेपालीहरुको संख्यामा पाँचौं धेरैमा स्थायी बसोबास (PR) गर्नेहरुको छ। यो संख्या ६,७१६ जना रहेको छ।

६) विशिष्ट कौशल (特定技能) :- अहिले नेपाल बाट वर्किङ्ग भिषामा जापान जानका लागि सबै भन्दा सहज मानिएको SSW भनिने भिसा हो। यो भिसामा गत जुन महिना सम्ममा १७३,०८९ जना बिदेशी नागरिकहरु जापानमा काम गरिरहेका छन्। जस मध्ये ३,४२८ जना नेपाली नागरिक रहेको डाटा भए पनि त्यसयता उल्लेख्य रुपमा संख्या बृदि भएको छ।यो भिसा जापानमा कामदारको माग पूर्ति गर्न जारी गरिएको हो।बिभिन्न १४ वटा क्षेत्रमा कामदार लैजान नेपाललाई २०१९ अप्रिल बाट अनुमति प्राप्त भएको हो।जापानिज भाषाको आधारभूत ज्ञान (N4) र निर्दिष्ट सिपको परिक्षा पास गरेपछि कम लागतमा सजिलै जापान जान सकिने हुनाले यो भिसाले राम्रै चर्चा बटुलेको छ। यो भिसाको अवधि ५ बर्ष सम्म रहने र डिपेण्डेण्टमा भने लैजान सकिने छैन।

यी बाहेक अन्य ट्रेनिङ्ग (技能実習), बिजनेस (経営.管理), नर्सिङ्ग (介護) लगायत विभिन्न पेसामा बिभिन्न प्रकारमा भिसामा रहनुहुने नेपालीहरु उल्लेख्य हुनुहुन्छ।माथि उल्लेख गरिएको तथ्यहरु इन्टरनेट र अन्य माध्यम बाट खोज गरी सामान्य जानकारीका लागि लेखिएको हो। धेरै कुरा छुटेका छन् , कसैलाई कुनै हानी पुगेमा नियतवश नभएको र माफी चाहन्छु।
जुनसुकै भिसामा जापानमा रहनु भए पनि अथवा जान चाहनु हुन्छ भने सर्वप्रथम जापानिज भाषा, संकृति,परम्परा अनि संकारको राम्रो ज्ञान हुनु अपरिहार्य छ। त्यसको लागि हेल्लो जापान कन्सल्टेन्सी Hello Japan Consultancy कलंकीले पनि सक्दो सहयोग गर्दै आएको छ, सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *